गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

- सरू आचार्य
जरूरत परेमा जति खेर आउँछु
हुँ, खुशीको परेवा उडेर आउँछु

मन थिएन उसलाई चाहेन भेट्न
मलाई त छ नि मन भेटेर आउँछु

बूढो घरको टेको बन्नु छ मैले
सोचेर हुँदैन मक्किएर आउँछु

जसरी तिमीले मेरो हात समायौ
समाउँदैनौ गर्धन सोधेर आउँछु

छ छैन काँडामा काँडाको स्वभाव
गएर काँडा सँग जिस्केर आउँछु

जब जब यादले सताउन खोज्छ
नदीका दुई किनार हेरेर आउँछु

झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्