अन्धकार

<span class='c1'>अन्धकार</span> <span class='c2'></span>

-पुष्पा बोगटी
एउटा भयानक अन्धकार भित्र
कोहि पसेछ भने
उसले जम्मै तिर अँध्यारो नै देख्छ ,
चिच्याए पनि आवाजहरू मात्रै निस्कन्छ ।

ऊ आत्तिन्छ,
ऊ मौन रहन्छ
वा
जे जे गर्न मन लाग्छ उसकै विचारहरू हुन ।

आफ्नै जीवनका प्रश्नहरू त हुन्
उसका छरपस्ट हुन्छन् सबै प्रश्नहरू
जबाफमा त्यै एउटा भयानक अन्धकार भए पनि,
मतलबी समाजको निम्ति त
बरू जायजछ यै भयानक अन्धकार !

जीवनको आफ्नै लय हुनसक्छ अँध्यारोको,
अँध्यारोमै बाँचेकाहरूको जीवन हुनसक्छ ।
तर
हिजोआज उज्याला देखिँएका मान्छेहरू
सोचाइमा निकै रात परेका हुँदारहेछन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्