मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-नवराज पोखरेल 'नवशिला'
मुक्तक १
सेतो चाँदी पहेलो सुन कसले मिसाएछ
आकासमा तारा र जून कसले मिसाएछ
बैगुनी थ्यो बैगुनी हो बैगुनीनै भन्छु सधैँ,
जान्ने भई बैगुनमा गुन कसले मिसाएछ?

मुक्तक २
कहिँ मुक्तक कहिँ गजल कहिँ गीत बनुँ
सुर भरेर मिठास छरि प्रेमिल रित बनुँ
शव्द भाव सजाउन सृजनाको चट्टान,
पगालेर नरम तरल शिलाजीत बनुँ।

मुक्तक ३
स्नेहले भरि हरदम खुसी हुन पाइयोस्
दुख पीर ब्यथालाई सधैँ धुन पाइयोस्
रिष राग द्वैष केल्श नहोस् यो मनभित्र,
सफलता भेट्ने त्यो लक्ष्य छुन पाइयोस्।

मुक्तक ४
मेरो प्राण भन्थेउ मलाई गयौ आज टाढा
बाचा कसम सबै ढलाई गयौ आज टाढा
देखावटी रैछ तिम्रो खेल बिश्वासघातको,
मेरो भरोषालाई जलाई गयौ आज टाढा।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्