अन्नदाता

<span class='c1'>अन्नदाता</span> <span class='c2'></span>

-प्रशंशा सुनाम
खेतबारी लहलह फलाउने अन्न
संसारको भोक टार्ने किसान हुन् धन्य
गोठभरी गाईभैंसी साना पाडा बाच्छा
पालेका छन् हाम्रै लागि पोखरीमा माछा

पसिनाले भिजाउछन् गरा गरा माटो
अन्न दिन्छ माटो पनि पसिनाको साटो
लेकबेँशी, वनपाखा पानि कुलाभरी
जताततै किसानको काम थरि थरि

पालेका छन् खोरभरी कुखुरा र बाख्रा
लहरामा कति राम्रा फर्सी अनि काँक्रा
परिश्रमि हातहरु सिर्जनाको खानी
सिर्जनामै रमाउने प्यारो जिन्दगानी

दमक-३, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्