गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अजिता प्रधान
सबै मञ्चमै अटाउँदा तल कुर्सी खाली हुन्छ हजुर
पिँध बाली जुनको धाक लाउनेकै ताली हुन्छ हजुर

महत्वाकांक्षी व्यक्तित्वको कदर हुन नसकेपछि
बेइमान अनि झोलेहरू कै हालीमुहाली हुन्छ हजुर

श्रम पोख्ने किसानको सधैं छाक टर्छ कनिकाले
उता सहरीया भान्सामा सुगन्धित थाली हुन्छ हजुर

साहित्यको फुलबारीमा स्वार्थ निति चलाएपछि
सिर्जनालाई हैसियतमा नाप्ने धुर्त माली हुन्छ हजुर

विभेदको आँकुरा उम्रन थाल्छ सभ्य भन्ने समाजमा
ताछिने आखिर लाचार कम्जोरकै आली हुन्छ हजुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्