स्वप्नदेश

<span class='c1'>स्वप्नदेश</span> <span class='c2'></span>

-अच्युत मणि पौडेल
अनेकता, समानता छ एकता समाजमा
असीम ज्ञान वेदमा कुरानमा नमाजमा
म बेसमा सुभेषमा रहन्छु शेष शेषमा
हिमालमा पहाडमा मधेसमा स्वदेशमा (१)

हिमाल उच्च माथ छन् अदम्यता सुसञ्चय
पहाड भीम हात हुन् अभेद्यता क्रमान्वय
मधेस फल्छ देशमा अखण्डता बचाउने
समग्र फाँट रत्न हुन् अपूर्णता हटाउने (२)

किराँत, हायु, राउटे, किसान वा सियार छन्
विभिन्न क्षेत्र, जातमा र धर्ममा पियार झन्
स्वयं छ त्राण जातमा र हिन्दु बौद्ध जैनमा
नहोस् कदापि वैरता रहुन् सदैव चैनमा (३)

छ मुक्तिनाथ पोखरा नदी र ताल पोखरी
सुरम्य मृत्तिका फुलोस् गुराँस वा सुनाखरी
सदैव स्वच्छ वायु झैँ म घुम्छु पूर्व पश्चिम
र उष्ण स्थान सैरमा म रम्छु डुल्छु दक्षिण (४)

विचित्रका विभेदका विधान भेद फाल्दछ
विभूति भानु बुद्धका निसान देश पाल्दछ
म चन्द्र सूर्य सानको अजेय गान गाउँछु
सयौँ थुँगा सुपुष्पका अमूल्य हार लाउँछु (५)

छ सूत्रपात सभ्यता स्वदेश हो तपोवन
सबै जना मिलौँ बसौँ घुमौँ छ राष्ट्र उत्तम
करोड हात एक छन् विकास गर्न सक्षम
हरेस खान्न एकता कवै हुँदैन अक्षम (६)

म गोरखा हुँ वीरमा म कुद्न सक्छु भीरमा
म दुष्ट उन्छु तीरमा र शत्रु हुन्छ पीरमा
विशुद्ध राष्ट्रप्रेमले विशाल राष्ट्र बेर्दछु
म कोर्छु स्वप्नदेशको मुहार चित्र फेर्दछु(७)

विराटनगर-१,मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्