लघुकथाः बिर्सिने काहीँ रहर हुन्छ ?

<span class='c1'>लघुकथाः बिर्सिने काहीँ</span> <span class='c2'>रहर हुन्छ ?</span>

-ऋषि तिवारी
" आज के वार हो?" "आज कति गते हो?" यो कुन महिना चल्दैछ?"

म झस्किन्छु आफैँ । दिन, गते,वार र महिना सबै बिर्सिन्छु।
बिहान साढे नौ बजे नै अफिस पुग्छु । बेलुका छ, साढे छ बजे घर पुग्छु। यसरी नै मेरो दिनचर्या कटिरहेको छ ।

कहिलेकाही श्रीमती सोध्छिन्, " हजुर आज कति गते हो?"

अफिसमा त्यस्तै हाकिम साहबले सोध्नु हुन्छ, "ए, केटा आज कति गते हो ?" उता श्रीमतीलाई थाहा न भएको गते, यता अफिसमा हाकिम साहबलाई थाहा न भएको गते, के मलाई चाहिं सबै थाहा हुन्छ र ? म क्यालेन्डर हेर्न थाल्छु ।

"सर, आज त महिनाको अन्तिम दिन उन्तिस गते पो रहेछ तलब आउने दिन ।"

तलब आउने दिन पनि बिर्सिदो रहेछ यो केटो भन्दै हाकिम साहब पनि रमाइलै ब्यतित गर्दै हाँस्न थाल्नु भयो ।

श्रीमतीलाई फोन लगाए मोबाइलमा भनें, "बुडी, आज तलब आउने महिना अनि अन्तिम गते पो रहेछ। उनी हाँसिन् र भन्न थालिन्- "त्यही त आज तलब आउछ भनेर त तपाईंलाई सोधेको आज कति गते हो ?"

म पनि भन्न थालें श्रीमतीलाई,- "बिर्सिने काहिँ रहर हुन्छ?" तलब आएको पनि मोबाइलले मेसेजको घण्टी दिन्छ ।

विराटनगर-६ ममता-मार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्