निर्वाचन, रापताप

<span class='c1'>निर्वाचन,</span> <span class='c2'>रापताप</span>

-नवराज कट्टेल
जल्ने र बल्नेहरु
अन्तर हुन्छन् नियन्त्रणका
जल्नेहरु उग्रको उज्यालोमा
खरानी फलाएर निब्दछन्
बल्नेहरु सुस्तरी दियो झैं
मुहार खुलाएर बाँच्दछन् ।

फगत जलेर दिएको उज्यालो
नजिक बन्छ अन्धकार
बलेर दिएको उज्यालो
समीप देखिन्छ अनुहार ।

जल्ने आफैं डुब्दछ उत्पातमा
तिम्रो लालची प्यासले
धुप अभावमा निभेपनि
सुगन्ध छर्दछ दियोले ।

फरक,
जलेर देखिएका तिमी
केहिपछि हराउँछौं
बलेर देखिएका हामी
फर्केर त्यसलाई सम्हाल्छौं ।

किन ?
जलेको बगाउने खर्च
खोलो त्यो जरुरी थियो
बलेर देखाउँन बत्ती
दियोको मजदुरी थियो ।

निर्वाचन दृष्य.....
दनदन नोटको तातो
सेकाएर हत्केला
खिचिएका तिम्रा औंला
स्वतन्त्रता सकिएला ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्