गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
थिए दुःखको माझ रानी बनायौ,
सधैँ याद गर्ने कहानी बनायौ।

थियो भित्रभित्रै जलेको निकै मन,
खुसीले दिई साथ पानी बनायौ।

बनी छद्मभेषी दिएझैँ सहारा,
तिमीले झुटो राहदानी बनायौ।

हिजोसम्म भन्थ्यौ तिमी हौ भरोसा,
भुली आज कोही फलानी बनायौ।

नदीको दुई छेउ जस्तो उदासी,
बिना कामको यो जवानी बनायौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्