- सुजा चापागाई
सुर न तालमा गाउँथ्यौँ गीत
खेल्दै ,उफ्रदै ,सुन्दै मिठो सङ्गित
आहा! कति रमाईला ति पल
न थियो चिन्ता झगडा अनि कल ।
चोरपुलिस, आसपास, मोजाको बल
थिएन कसैसङ्ग कपट अनि छल
भविष्य बनाउँनमा थियौँ मस्त
पढाई लेखाईमै हुन्थ्यौँ व्यस्त ।
मोबाईल र टिभिको हुन्नथ्यो चाल
जे होस हाम्रो बालापन थियो बबाल
त्यो मिठो क्षणलाई सम्झदा आज
कहिलेकाहीँ लाग्छ आफैलाई लाज ।
जीवनको मोडमा सम्झना ताजा
मेरो मात्र नभई सबैको साझा।
भुल्नै नसक्ने याद आउँछ झन
सपना जस्तै लाग्छ त्यो बालापन ।।
विराटनगर -४, राजबंशी चोक ।