अब नसोच्ने निर्णय गरे मैले

<span class='c1'>अब नसोच्ने निर्णय</span> <span class='c2'>गरे मैले</span>

-मन्जु घिमिरे दाहाल
अलि पर सोचेको
मेरो देशको नक्शा
मेरो देशको भूगोल
म उम्रेको धर्ती

मेरो मातृभूमि
मेरो जन्मभूमि
खै के के विशेषण
मनको बगैंचामा छताछुल्ल
पोखिन्छन
समालेर मनलाई
अलि नजिक सोच्न थाल्छु
म ,मेरो घर
सम्पत्ति
मेरो परिवार
मेरा उन्नति प्रगति
ऎस आराम
मोज मस्ति
धन दौलत
मान सम्मान
पद र प्रतिष्ठा
शक्ति र पहुँच ।

अलि बिचतिर पुगेर
सोच्दछु
मेरो समाज
संस्कार संस्कृति
भाषा
रहनसहन
पहिचान
समानता असमानता
जातपात
छुवाछूत
समानता एकता
समाबेशिकरण
पुरातनबादी समाज
आधुनिक परिबेश
परिवर्तन
छिमेकी प्रभाव
बिदेशी हस्तक्षेप
हाम्रो पर निर्भरता
पैसाकै लागिएको
दासत्व
स्वामित्व र अस्मिताको बिक्री
गौरवको लिलामी।
बल्ल आफैले आफैलाई
भन्न मन लाग्यो
को हुँ म?
के छ मेरो पहिचान?
कहाँ छन्
मेरा आत्मासम्मान्का
गौरवहरु?
धिक्कारेर आफैलाई
फेरि सोचें
अब आज यहिबेला देखि
सोच्न बन्द गर्दिन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्