-नवराज पोख्रेल 'नवशिला'
म गर्छु भक्ति राष्ट्रको र लेख्छु गीत देशको
म हुन्छु पाले राष्ट्रको म बन्छु मीत देशको।
म चुम्छु हिम शृङ्खला यो चन्द्र सूर्य बोकेर,
मेरो यो सानो मुटुमा म भर्छु प्रित देशको।
गरेर श्रम खेतमा झुलाउँछु म बालीले,
बनाउँनेछु एकदिन म पूर्ण धीत देशको।
बुद्ध सीता भृकुटी छ सम्पदा बिविधता,
चिनाउँछु म बिश्वमा मोहक ललित देशको।
जुटाउछु म एकता देखाउछु समानता,
बनाउँछु म फेरेर मुहार चकित देशको।
धपाउँछु यि भ्रष्टलाई पठाउछु म खोरमा,
मनाउँछु म उत्सव म हेर्छु जीत देशको।
बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ ।