गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

- सृष्टि सावित्रा
विचारहरुले पनि विचार गरे
आँखाहरुले नबोली प्यार गरे

घाँटीमा माला निधारमा टीका छ
सालिकहरुले कसरी शृङ्गार गरे ?

घाटमा दाउरा बेचे मन्दिरमा फूल
व्यापार गर्नेले यसरी व्यापार गरे

मृत्यु पनि एक अवसर,लाग्यो
जब मलामहरुले इन्तजार गरे

दुःखले बस्दाबस्दै लालपुर्जा पायो
खुशीहरुले मात्रै जान हतार गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्