ग्लोबल आइएमई बैंकको नाफा तीन अर्ब बढी

<span class='c1'>ग्लोबल आइएमई बैंकको नाफा</span> <span class='c2'>तीन अर्ब बढी</span>

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब बढी नाफा कमाएको छ।

पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ भने बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। गत बर्ष ४.६८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.८६ प्रतिशत पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। पुस मसान्तसम्म आइपुग्दा बैंकको इपीएस ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ।
यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। त्यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्