गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
तिमी साथमा हुन्थ्यौ फरक ढुकढुकी हुन्थ्यो,
हुँदा दूर यो मनमा बहुत छट्पटी हुन्थ्यो।

उनी हेर्दथिन् बाटो कोही आउला भन्दै,
जहाँबाट टाढा देखिने बार्दली हुन्थ्यो।

हमेसा सबै मान्छे भएमा सदाचारी,
जरुर जिन्दगी तिनको सधैँ सादगी हुन्थ्यो।

जुनीभर उनीले बस् सहेरै बसौं भन्थिन्,
मलाई कुरा यस्तो कहाँ मञ्जुरी हुन्थ्यो।

थियो मात नौलो त्यो बदनमा जवानीको,
म तिम्रो नजिक सर्दा निकै गडबडी हुन्थ्यो।

बहर-तवील मुसम्मन सालीम
वजन-१२२/१२२२/१२२/१२२२
काफिया-ई/रदीफ-हुन्थ्यो

काठमाडौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्