-नवराज पोख्रेल "नवशिला"
मुक्तक १
भरि प्रेम तिमीले यो आधार बनाइदियौ
पन्छी बनी उड्न सक्ने बहार बनाइदियौ
सत्मार्गमा हिँडी सधैं लक्ष्य भेट्नलाई,
सुसंस्कृत सभ्यताको संसार बनाइदियौ।
मुक्तक २
खुसी खोज्दै भौतारिने हजार देखेको छु
कसैको त जिन्दगी नै निस्सार देखेको छु
रमाउन जान्यौँ भने जीवन बन्छ स्वर्ग,
आफैँ भित्र खुसी हुने आधार देखेको छु।
मुक्तक ३
बनाई तिम्रो हृदय त्यो साफ पठाइदिनु
चिसो मौसम तातो पार्ने बाफ पठाइदिनु
आउनै लाग्यो प्रेम दिवस सम्झिएर प्रिय,
मायाभरि मलाई रातो गुलाफ पठाइदिनु।
मुक्तक ४
लेख्नलाई गीत कविता लेखक चाहिन्छ
आँटिलो काम गर्न दम र सनक चाहिन्छ
अरु बेला जेसुकै होस् मतलव छैन केही,
जाडोमा चाहिँ उनी कि त सिरक चाहिन्छ।
बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ।