धरानमा मेडिकल पसलबाट लागुऔषध बिक्री र कारोबार गर्ने दुई जोडी दम्पती पक्राउ

<span class='c1'>धरानमा मेडिकल पसलबाट लागुऔषध बिक्री र</span> <span class='c2'>कारोबार गर्ने दुई जोडी दम्पती पक्राउ</span>

विराटनगर । मेडिकलबाट लागुऔषध कारोबार गर्ने सञ्चालक दम्पत्तिलाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान–३ गौधारा स्थितमा सञ्चालित मेडिकल पसलका सञ्चालक दम्पत्ति पक्राउ परेका हुन् ।  लागुऔषध कारोबार गर्ने  धरान–८ बाट अर्का एक दम्पत्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

मेडिकल पसलमा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा आइतबार राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पसलभित्र खानतलासी गरेको थियो । त्यस क्रममा कार्टुनमा लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल सञ्चालक धरान–३ का ४१ वर्षीय सुरज बनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार  लागुऔषध कारोबार गर्ने धरान–८ का ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठलाई समेत प्रहरील्े पक्राउ गरेको हो । लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्