आखिर के भएको थियो बुधबार भारतको महाकुम्भमा ?

<span class='c1'>आखिर के भएको थियो</span> <span class='c2'>बुधबार भारतको महाकुम्भमा ?</span>

रोशन मण्डल
विराटनगर । महाकुम्भको सङगमा स्नान गर्दा पाप पखालिने, आत्मा शुद्ध हुने अनि जीवन र मृत्युको चक्रबाट मुक्त हुँदै मोक्ष प्राप्ति हुने विश्वास रहेको छ। कुम्भ भने पछि तीन किसिमको हुने गरेको छ। हरेक १२ वर्षमा लाग्ने कुम्भ हो भने अर्ध कुम्भ हरेक ६ वर्षमा लाग्छ । त्यसै गरि महाकुम्भ भनेको १४४ वर्षमा एक पटक लाग्ने गरेको दावी गरिन्छ।

त्यसै गरि ग्रह र नक्षत्रको आधारमा ज्योतिषीहरूले स्नान गर्ने दिन तोक्छन् । ती दिनहरु मध्येको एक मौनी अमावस्या हो। हिजो मौनी अमावस्या अर्थात माघ कृष्ण औसि रहेको थियो। यो पवित्र दिनमा स्नान गर्नेको संख्या एकदमै धेरै थियो । स्नान गर्ने भक्तजनहरुको सङ्गम घाटमा चाप बढ्न थालेपछि श्वास फेर्न समेत अप्ठ्यारो भएपछी धेरै भक्तजनहरु ‘अब मलाई पछाडि जान दिनु म स्नान नगरिकन फर्किने’ भनिरहेको त्यहाँ सुनिएको बताइन्छ ।

कतिपय भक्तजनहरु भिआइपी प्रोटोकोल भित्र छिर्ने समेत प्रयास गरेका थिए । त्यति बेलै प्रशासनले भिआइपी प्रोटोकोल भित्र छिर्न नदिएपछी भागदौड मच्चिएको थियो । जसमा कम्तीमा ३० जना भक्तजनहरुको अहिले सम्ममा ज्यान गएको त्यहाँका अधिकारीहरुले बताएका छन् । धेरै संख्यामा अस्पताल भर्ना छन।

त्यसै गरि यस घट्ना बारे धेरैका आ–आफ्नो किसिमको टीकाटिप्पणी छन। भारतमा विपक्षी दलका नेताहरुले यसलाई प्रशासन दोष दिएका छ्न भने उचित व्यवस्थापन नभएको पनि आरोप लगाएका छन् ।

यस विषयमा उत्तर प्रदेशको मुख्यमन्त्रीले भक्तजनहरुलाई संगममा उच्च चाप रहेकोले त्यही स्नान गर्नुपर्ने नभएर अन्य स्थानमा स्थान गर्न समेत आग्रह गरेका थिए । तर, सबैले संगममै नुहाउन अगाडी बढ्दा घटना भएको मानिएको छ । संगममै पुग्नुपर्ने अफवाहमा नफस्न मुख्यमन्त्रीले फेरी आग्रह गरेका छन् । र, बुधबारको घटनामा ज्यान गुमाएका प्रतिपरिवारलाई ३५ लाख भारतीय रुपिँया बराबरको क्षति दिने घोषणा गरेका छन् । घटनापछि बिहीबारकाट कुम्भ क्षेत्रमा थप कडाई गरिएको छ । त्यस परिसरमा गाडीहरु छिर्ने पास बन्देज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्