विराटनगरको पुसेट क्याम्पसका विद्यार्थीमाथि आक्रमण, उजुरी दिदाँ पक्राउ परेनन् संलग्न

<span class='c1'>विराटनगरको पुसेट क्याम्पसका विद्यार्थीमाथि आक्रमण,</span> <span class='c2'>उजुरी दिदाँ पक्राउ परेनन् संलग्न</span>

विराटनगर । सरस्वती पूजाको दिन भएका गतिविधिका बारेमा आफ्नो मत फेसबुक स्टाटसमा लेखेको आधारमा पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्गका एक विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । गत बिहीबार विराटनगर–३ स्थित क्याम्पस परिसरमै हतियारसहित उनीमाथि आक्रमण भएपनि संलग्नलाई प्रहरीले नियन्त्रणमा नलिएको गुनासो पीडितको छ ।

सिभिल इन्जिनियरिङ्ग अन्तर्गत चौंथो ब्याचमा अध्ययनरत टेकनारायण यादवको टाउको तथा शरीरका विभिन्न भागमा चोट लाग्ने गरी अजय यादवको समूहले आक्रमण गरेको थियो । त्यस भन्दा अगाडी मंगलबार राती अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले टेकनारायण यादवलाई फोन गरेर भिड्न तयार हुनु भन्दै धम्क्याएको पीडितले बताएका छन् ।

पीडितका अनुसार सोमबार सरस्वती पूजाको दिन अजयको समूहले साँस्कृतिक कार्यक्रम गरेको थियो । त्यो कार्यक्रमको विषयमा टेकनारायणले फेसबुक स्टाटस लेखेर असहमति जनाएका थिए । उनका अनुसार क्याम्पस प्राङगणमा भएको कार्यक्रममा बाहिरबाट आएका व्यक्तिहरुलाई सहभागी गराइएको भन्ने आशय लेखिएको थियो ।

त्यो लेखेको विषयमा मंगलबार अखिल क्रान्तिकारीका उपाध्यक्ष अभिमन्युले फोनमै धम्की दिएका थिए । मंगलबार साँझ धम्की दिएपछि टेकनारायण बुधबार क्याम्पस गएनन् । बिहीबार क्याम्पस गएका उनीमाथि अजयको समूहले आक्रमण गरेका थिए ।
अजय समेत क्याम्पसका कम्प्यूटर इन्जिनियरिङ्ग अन्तर्गत चौथो ब्याचका विद्यार्थी हुन् । उनी अभिमन्युसँग निकट भएर क्याम्पसमा गतिविधि गर्दै आएको दावी छ । आक्रमणपछि घाईते भएका उनको मोरङ सहकारी अस्पतालमा उपचार गरिएको थियो । कोशी अस्पतालबाट घाउजाँच गराइएको छ ।

उनले अभिमन्युको योजनामा अजय यादवले आक्रमण गरेको भन्दै प्रहरीमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराउन खोजेका थिए । तर, प्रहरीले अभद्र व्यवहारमा मात्रै मुद्दा लिन मिल्ने भनेकोले त्यसैमा दर्ता गरेको बताए ।

यता मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले भने यस विषयमा बुझ्ने काम भईरहेको बताएका छन् । पीडितले पहुँचवाला भएका कारण उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाहिनरहेको आरोप लगाएका छन् । आक्रमण गर्न आएका अजय यादव चढेर आएको प्रदेश २–०१–००३प ७८३१ नम्बरको मोटरसाइकल अहिले पनि प्रहरी नियन्त्रणमा नै रहेको छ । घटनाका विषयमा क्रान्तिकारीका उपाध्यक्ष अभिमन्यु यादवले भने जानकारी नभएको बताए । उनले सरासर गलत आरोप लगाएर बद्नाम गराउन खोजिएको दावी गरे । ‘म अहिले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकमा छु, घटना बारे केहि थाहा छैन’ यादवले भने–जर्बरजस्ती मलाई जोडेर प्रहरीमा उजुरी दिएको भए मानहानिको मुद्दा हाल्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्