-रिकेश निरौला
सिंगो राष्ट्र छु तर क्षेत्रहरू पाँच थिए समान डेरा
अहिले टुक्रियाउन लागी सके, सात प्रदेश छन् मेरा
चौध प्रकार गरी छन्न अङ्ग समान मेरा
फुल्छन सत्तहत्तरथरि सब फूलबारी साझाँ
नाै झ्यालका घरहरू हेर्छन् दैलो उघारी-उघारी।
करिब पौने दुई लाख अधिक छन् क्रियाशील भकारी
लगभग तिन करोड मन छन सपारी
तिनका दुबै करहरू श्रमले मुसारी
गर्छन् खुसी भई शुभ - कामहरूको तयारी।
देशका विविध दल शुद्ध बनाई यान
गर्छन् परिश्रम यही अनि हुन्छ धाम
विउँझन्छन् नूतन कला मेटी अन्धकार हरु
लालीगुराँस फुल्ने,यासागुम्बा पाइने देश हो बिचारा ।
यो लोकतन्त्र, प्रजातन्त्र देशमा श्रम विन्दू पाेती
सीपादिले सजि-सजाउ शान्ति बोकी
बोलीरहेछन् यहाँ शुभगान सदा मुनाल र डाँफे
सम्पूर्ण देश - जनताको हितका सवाल ।
इनरुवा,सुनसरी