विराटनगर–५ मा चाँदनी हत्याको घटना अनुसन्धान गर्ने प्रहरी हवल्दार भए माघ महिनाको सर्वोकृष्ट

<span class='c1'>विराटनगर–५ मा चाँदनी हत्याको घटना अनुसन्धान गर्ने</span> <span class='c2'>प्रहरी हवल्दार भए माघ महिनाको सर्वोकृष्ट</span>

विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चौक कलेरुवा टोलमा एक बालिकाको हत्या गरिएको घटना अनुसन्धानमा सफल भएका हवल्दार माघ महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका छन् । गत माघ १८ गते हत्या गरेर गाडीएको अवस्थामा भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उत्खनन् गरिएको थियो । त्यो घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई कोशी प्रदेश प्रहरी कार्यालयले माघ महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो ।

विराटनगर–५ का मावली हजुरबुबा सरयुग मण्डलको घरमा ल्याएकी उनको हत्यापछि शव गाडीएको घटनामा संलग्नहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । मावली घर आएकी उनी एकाएक वेपत्ता भएको सूचना प्रहरीले प्राप्त गरेर घटनाको स्थलगत अनुसन्धान थालेको छ । त्यस क्रममा प्रहरी हवल्दार अधिकारी फिल्डमा खटिएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी हत्या जस्तो गम्भीर अपराधको घटनामा सफल अनुसन्धान गरेको भन्दै पुरस्कृत गरेको जानकारी दिइएको छ ।

प्रहरी हवल्दार अधिकारीले उक्त घटनाको सूक्ष्म रूपमा अनुसन्धान गर्ने क्रममा माघ १८ गते बालिकाको शव मावली हजुरवुवाको घर छेउमा खाडल खनी गाडेको अवस्थामा फेला पारी घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम राख्न अहम भूमिका निर्वाह गरेकोले उच्च मूल्यांकन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्