म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५: कोशी प्रदेशको अडिसन विराटनगरमा हुदै

<span class='c1'>म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५:</span> <span class='c2'>कोशी प्रदेशको अडिसन विराटनगरमा हुदै</span>

विराटनगर । म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५ प्रतियोगिताको कोशी प्रदेश अडिसन आगामी फाल्गुन १२ गते विराटनगरमा आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरको श्रोकृष्ण होटलमा हुनेछ, जहाँ कोशी प्रदेशका १८ देखि ३० वर्षका अविवाहित युवाहरू सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुन चाहने युवा मोडलहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व, शारीरिक फिटनेस र प्रस्तुतीकरण क्षमता प्रदर्शन गर्नुपर्नेछ। अडिसनमा गौरब चौधरी, सन्तोषी श्रेष्ठ, विष्णु शर्मा पन्त र अभिषेक शर्मा निर्णायकका रूपमा रहनेछन्।

प्रतियोगिताबाट उत्कृष्ट प्रतिस्पर्धीहरूले राष्ट्रिय चरणका लागि छनोट हुने अवसर प्राप्त गर्नेछन्, जसले उनीहरूलाई ग्ल्यामर र मोडलिङ उद्योगमा स्थापित हुन मद्दत गर्नेछ। म्यान हन्ट इन्टरनेशनल नेपाल नेपालभरका प्रतिभावान युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट प्लेटफर्म हो।

मोडलिङ र ग्ल्यामर क्षेत्रमा करियर बनाउन इच्छुक कोशी प्रदेशका युवाहरूका लागि यो सुनौलो अवसर हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्