विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघले आगो लगाएको छ । काँग्रेसमा डाक्टर शेखर कोइराला पक्षका नेविसंघमा आवद्ध विद्यार्थीहरुले आगो लगाएका हुन् । निर्वाचन अधिकृत अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कागजात खोसेर उनीहरुले आगो लगाएका हुन् ।
नेविसंघले आधिकारिक संगठनको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह आक्रोशित बनेको हो । विष्टको समूहलाई देउवा पक्षले आधिकारिक मान्यता दिएको छ ।
नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहको नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समुहले निर्वाचन सम्बन्धि असन्तुष्टि जनाउँदै छुट्टै उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी उनीहरुले असन्तुष्टिको रुपमा स्ववियुमा आगो लगाएका हुन् । स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए ।
मोरङ क्याम्पस स्ववियु सभापति जसवन्त पौडेलले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको उक्साहटमा क्याम्पसमा आगो लगाइएको आरोप लगाए । उनले क्याम्पसलाई क्याम्पस जस्तो नबनाएर बाहिरका गुण्डाहरु प्रवेश गराई मनमौजी गर्ने काम भईरहेको बताए ।