- मञ्जु घिमिरे (दाहाल)
म घरको जेठो छोरा
माइलो साइलो भनेपनि
कान्छो भने पनि
मै एउटा
हुर्के बढेको गाउँघरमा
पढेलेखेको तय्ही गाँउको स्कूलमा
ढिडो रोटी खाएको
पकाएको आमाले
गोठ खेत गाईबस्तु
बाख्रापाठा चिनाएको बाबाले
कति सुन्दर थियो
मेरो घर
मेरो परिवार
त्यो मातृवात्सल्य
त्यो पिताको आड भरोसा
अनि मेरो बढ्दै गएको जिम्मेवारी
दायित्व र कर्तव्य
समयले सपना देखायो भनौ कि
बाध्यताले परिस्थिति जन्मायो भनौ
नागरिकता संगै
पासपोर्ट बन्यो मेरो
देशको शुभकामना
पारिवारिक जिम्मेवारी
बोकेर काँधमा
पसेको म खाडी
हजारौ सपना सजाएर
रहरहरु आमाको बर्कोमा
पोको पारेर
उचालिदै आकासिएका
सपनाका चुलीह्ररु
बदल्न बिपनामा
म खोजिरहेछु मेरो देश
मेरो देशको सरकार
अनि देशमा रोजगारी नदिएर
पासपोर्ट सजिलै दिने
त्यही सरकार
अनि सपना बुन्न बाध्य बनाउने
पारिवारिक पृष्ठभुमि ।