गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अजिता प्रधान
सबै मञ्चमै अटाउँदा तल कुर्सी खाली हुन्छ
पिँध बाली जुनको धाक लाउनेकै ताली हुन्छ

महत्वाकांक्षी व्यक्तित्वको कदर हुन नसक्दा
बेइमान अनि झोलेहरू कै हालीमुहाली हुन्छ

श्रम पोख्ने किसानको छाक टर्छ कनिकाले
उता सहरीया भान्सामा सुगन्धित थाली हुन्छ

साहित्यको फुलबारीमा चलेपछि स्वार्थ निति
सिर्जनालाई हैसियतमा नाप्ने धुर्त माली हुन्छ

विभेदकोआँकुरा उम्रन्छ सभ्य भन्ने समाजमा
ताछिनेआखिर लाचार कमजोर कै आली हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्