विराटनगर जतुवाबाट भण्डारण गरिएको गाँजा बरामद, दुईजना पक्राउ

<span class='c1'>विराटनगर जतुवाबाट भण्डारण गरिएको</span> <span class='c2'>गाँजा बरामद, दुईजना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाका दुईघरबाट प्रहरीले ४५ किलोग्राम गाँजा बरामद गरेको छ । लुकाएर राखेको गाँजा बरामद भएपछि घरधनीलाई समेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीले विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट सोमबार बिहान गाँजा बरामद गरेको हो । उनीहरुको घरमा गाँजा रहेको सुचना पाएपछि प्रहरीले छापा हानेको थियो । त्यस क्रममा भूपेनको घरमा ३० र छटुको घरमा १५ किलोग्राम गाँजा फेला परेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले प्याक गरेर झोलामा राखिएको गाँजा बरामद गरिएको जानकारी दिएका छन् । गाँजा बरामद भएपछि दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताइएको छ । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्