सप्कोशीमा जलमार्ग हुँदै गाँजा कारोबार : ट्युबमा बाँस, बाँसमा पोका

<span class='c1'>सप्कोशीमा जलमार्ग हुँदै गाँजा कारोबार</span> <span class='c2'>: ट्युबमा बाँस, बाँसमा पोका</span>

विराटनगर । सप्तकोशी नदीमा जलयातायात मार्फत गाँजा तस्करी बढेको छ । प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको हो ।

बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो ।

उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ । यसै गरी चैत्र ३१ गते वेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका(७ का २८ बर्षीय बिशाल लिम्वुलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2