गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
देख्छु सुन्दर उनी परी जस्तै
जादुगरको कुनै छडी जस्तै

पक्षपाती भए सबै मान्छे
पुत्र मान्छन् स्वयम् रुबी जस्तै

फैलियो खुब सुगन्ध अत्तर झैँ
भित्र मनमै छिर्यो तिमी जस्तै

आँसु पिउँदै छु हर प्रहर रोई
जिन्दगानी भयो दु:खी जस्तै

राजधानी बन्यो सहर उनको
देखियो खुद सहर उनी जस्तै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्