-शुद्ध लक्ष्मी श्रेष्ठ
सधैं जुलुस
सधैं धर्ना
चक्काजाम ,बाटोमा भिड
आवतजावतमा अवरोध
सरकार निन्द्रामा
प्रदर्शनकारी उत्तेजनामा
कतै बम गोला बारुद पडकन्छ
कतै अश्रुग्यास धुवाँ फाक्दै निस्किन्छ
कतै दुर्घटना
कतै हत्या र बलात्कार
दाजुभाइ बिचमा झगडा
युवा पलायन
गाउँघर सुनसान
शहर अस्तब्यस्त
जतासुकै जीवन बाँच्न कठिनाइ
बृद्धअबश्थाका बाआमा आँशुमा
देशको आकाश
अशान्त
धुँवा धूलो र प्रदुषणको पहिरो
बिदेशीहरुको खुलम्खुल्ला चलखेल
संस्कार संस्कृति
भाडने बिगार्ने मास्नेहरुको बाहुल्यता
आपसी द्वन्द गराएर
फाइदा लिनेहरुको संगठन
ओहो !
के भएको यस्तो
मेरो देशमा?
कसको चोखे लाग्यो?
कसको कुदृष्टी पर्यो
सिङ्गो स्वर्ग मेरो देशमा
जताततै कुचक्र चल्दैछ
देश भित्रै जनता जनता बिच नै
स्वार्थ र उक्साहटको आगो
ज्वालमुखी झैँ बिस्फोट हुँदैछ
रगतको होलि खेलिदैछ
आफ्नैले आफ्नै मारेर
अकालमै नेपाली आफैं
काल बनेर आएका छन्
कस्तो शान्त र सौम्य देश मेरो
आज कस्तो कोलाहलमय भयो
अत्याचार र भ्रष्टाचार संस्थागत भयो
कलंकित हुन लाग्यो
शान्तिगामी नेपालीहरुको वीरता
कसको खराब दृष्टि
पर्यो मेरो देशका मान्छेहरुमा
आफ्नै आमाको बलात्कार हुँदापनि
चुप बस्न सक्ने स्वार्थ र प्रलोभनमा।