उत्तर छ त?

<span class='c1'>उत्तर छ</span> <span class='c2'>त?</span>

-मञ्जु घिमिरे 'दाहाल'
मान्छेहरुले किन सोधेका होलान
कस्तो लाग्यो जीवन भन्दै
कसरी चल्दैछ यो भन्दै
कसैले हार भन्दै सोध्ने
कसैले जीत
कसैले भार भन्ने
कसैले उपाहार
यो जिन्दगीलाई
किन सोध्या होलान खै।
वास्तवमा जीवन त
आकारमा शून्य जस्तो
मूल्यमा सबैभन्दा सस्तो जस्तो
खेल खेलेपछि मैदान हारे जस्तो
कस्तो कस्तो
चारैतिर जीत नै जीत जस्तो
अचम्म छ
बाजी अरुले मारेपनि
आफैँले जित्नुपर्ने
झेल गरेरै भएपनि
जित्नेले हार्नेको प्रतिभा
मार्ने जस्तो नीच काम गर्न पर्ने
जीवनमा क्रान्तिको कुरा पनि गर्छन्
मान्छेहरु
प्रश्न माथि प्रश्न गरेर
भ्रान्ती छाडेर भागेको
छदमभेषी नेता जस्तो पनि हुन्छ
भन्छन् जिन्दगी।।
सबै थाहा पाएर पनि
मान्छे किन सोध्छन ?
जीवन कस्तो छ भनेर
उत्तर यस्तै आउँदो हो
डुलुवा जस्तो भौतारिने
सडकमा अल्लारिने
निछ र उच्च भनेर भेद मिसाउने
फूल जस्तै सबै सुवास र सुगन्ध
फैलिएको बगैंचा जस्तै हो रे जिन्दगी ।

के भन्नू खै
जति खुवाएनी के गर्नु र
अभिमानी उन्माद्को भण्डार हो रे जिन्दगी
जति सीप सिकाए नि
के गर्नु
जिन्दगी बाँच्नेले जान्दै नजाने भनेपछि
बेकार हो रे जिन्दगी
बेकारमा किन सोध्या होला
जीवन कस्तो छ भनेर ?
यो सृष्टि जगतकै
उत्तम प्राणी हो भन्ने बुझेर पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्