धेरै धेरै सम्झना मेरी प्यारी आमा
तपाईले सिकाएका पाठहरू सिकिरहेको छु
तपाईले छाडेर गएदेखि जिन्दगीसँग लडिरहेको छु ।
त्यो नदेखेको दैव संग के गुनासो पोख्नु,
मन्दिरमा रहेको त्यो दैवसंग के प्रष्न सोध्नु ?
यो उमेरमा मेरो आमा लग्नु भयो,
भन्नु कुन दैवको म अब पूजा गरु ?
बाबाले सोध्नु हुन्छ घर किन आउदैनस भनेर
बाबालाई कसरी सम्झाउनु , आमा बिनाको त्यो घर मेरो लागि अब घर रहेन भनेर ।
सम्झना आउँछ आमा त्यो दिनहरू
मैले तपाईँलाई दिएको त्यो पिरहरू अनि तपाइको साथ !
आमा नभएको पिडा म कति सहनु,
जन्म दिएको आमा नै नरहेपछी म अब कसरी रहनु?
आशिर्वाद दिनुहोस आमा जहाँ हुनुहुन्छ त्यहिबाट
अब आउने दिनहरु मेरा लागि सुखद होस् भनेर !
आशा छ आमा ! अर्को जन्ममा पनि तिम्रै छोरा हुन पाउ !
यस जन्ममा दिएको पिडा केहि छ भने त्यसको सट्टा खुसीले तिमीलाई भर्न पाउ !