विराटनगरमा पहिलो पटक गायक दुर्गेश थापाको लाईभ कन्सर्ट हुने

<span class='c1'>विराटनगरमा पहिलो पटक गायक दुर्गेश</span> <span class='c2'>थापाको लाईभ कन्सर्ट हुने</span>

विराटनगर । पछिल्लो समय चर्चामा रहेका गायक दुर्गेश थापाले पहिलो पटक विराटनगरमा आफ्नो साँगीतिक प्रस्तुति गर्ने भएका छन्।

लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्ट आज(मंगलबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलन दुर्गेशले साँगीतिक प्रस्तुति गर्ने जानकारी दिइएको हो ।

नयाँ वर्षको अवसर पारेर दुवै संस्थाले विराटनगर-८ हाटखोलाको मैदानमा आगामी वैशाख २६ गते दिउसो ४ बजेदेखि ‘दुर्गेश थापा लाइभ इन विराटनगर’ साँगीतिक कार्यक्रम गर्न लागेको कार्यक्रमका संयोजक सन्तोष महतले जानकारी दिए । गायक दुर्गेश थापाको गीत 'दुस्मन हेरेको हेर्‍यै' तीज गीत 'बीच्च बीच्चमा',‘ख्यास्स पुतली’ 'डन आयो डन' लगायतका गीत चर्चित रहेका छन् ।

उनका अनुसार दुर्गेशको साथै फेसन सो, स्थानीय डान्स क्लब र अन्य कलाकारहरुले साँगीतिक कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिइने छ ।

साँगीतिक कार्यक्रमलाई थप आकर्षण बनाउन स्थानीय खानाका परिकारका स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साँगीतिक कार्यक्रम हेर्नका लागि प्रि-सेल दुई सय रुपैयाँ, डोर सेल तीन सय रुपैयाँ र फ्यान पिट(स्टेज नजिक) एक हजार रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको कार्यक्रम व्यवस्थापक कुमुद जैन(करण) ले जानकारी दिए।

कार्यक्रम गर्नका लागि अनुमानित खर्च १३ लाख रुपैयाँ रहेको संयोजक महतले बताए । उनले कार्यक्रमबाट बचेको रकम विपन्न परिवार र
अपाङ्ग भएका व्यक्तिहरुलाई सहयोग गर्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्