धरानबाट बस चोरेर विराटनगर, टायर खुस्काएर इटहरीमा बिक्री

<span class='c1'>धरानबाट बस चोरेर विराटनगर,</span> <span class='c2'>टायर खुस्काएर इटहरीमा बिक्री</span>

विराटनगर । सुनसरीको धरानबाट गत बैशाख १२ गते चोरेर विराटनगर–१२ मा सामान खुस्काएर बिक्री गरिएको अवसथामा फेला परेको बसको टायर भने इटहरीमा बिक्री गरेको फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको बस चोरीमा संलग्न भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् । तर, विराटनगर–१२ मा रोकेर त्यसका टायर फुकालेपछि इटहरीमा बिक्री गरेको पाइइको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार टायर विराटनगरबाट गाडीमा राखेर इटहरी पु¥याइएको थियो । इटहरीमा ग्यारेज सञ्चालन गर्दै आएका उनलाई पक्राउ गरेर घटना बारे सोधपुछ गरिएको छ । तर, बस चोर्नेबाट टायर ल्याएको हो की, चोर्नेले कवाडीमा पु¥याएपछि त्यहाँबाट किनेको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरी निरीक्षक कुँवरले बताए ।

उनका अनुसार पक्राउ परेका व्यक्तिले कवाडीबाट खरिद गरेको भनेका छन् । बसका सामान खरिद गर्ने कवाडी सञ्चालक विराटनगर–६ सरोचियाका गीता साह र उनका ज्वाँई दिपेन्द्र साह त्यहिदिनदेखि फरार भएका छन् । प्रहरी निरीक्षक कुँवरका अनुसार चोरी गर्ने व्यक्तिसम्म अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । त्यहि भएर घटनाको अनुसन्धान गर्न असहज भईरहेको छ । टायर खरिद गरेर ल्याउने इटहरीका ग्यारेज सञ्चालकले भनेको कुरा पनि भेरिफाइ गर्न चोरीमा संलग्न वा बिक्री गर्ने कवाडीका सञ्चालक पक्राउ पर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
बस विराटनगर ल्याएर त्यसका पाटपूर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा बैशाख १५ गते फेला परेको थियो । यातायात व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ मा ल्याएर क्रमशः टुक्रा पार्दै बिक्री गरिरहेको स्थितिमा फेला परेको थियो ।

विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाम त्यसपछि बन्द रहेको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले घटनाको अनुसन्धान सुनसरी प्रहरीले गरिरहेको छ । तर, घटनामा संलग्नहरुको खोजीमा मोरङ प्रहरी समेत लागेको छ । कवाडीका सञ्चालक गीतादेवी साह र उनलाई सहयोग गर्दै आएका ज्वाँई दिपेन्द्र साह समेत फरार रहेका कारण बाँकी कुरा खुलेको छैन । बस चोरीमा कवाडीकै सञ्चालकहरुको संलग्नता आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्