विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका फरकफरक घटनामा दुईजनाको हत्या भएको छ । झापामा खुकुरी प्रहारी गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या भएको छ ।
वैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वादविवादको क्रममा धारीलो हतियार खुकरीले घाँटी काटी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
त्यसैगरी बैसाख २७ गते विहान खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का ५१ वर्षीय पाँचकर्ण राईलाई उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले सामान्य वादबिवादको क्रममा कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएकोमा तत्काल प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले घाईते राईलाई उद्दार गरी थप उपचारको लागी हेलिकप्टरद्वारा काठमान्डौ न्युरो अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनामा संलग्न रहेकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।