इन्दु साह
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा बालयौन दुरुपयोगका घटनाको संख्या बढ्दो क्रममा दर्ता भएका छन् । ६ देखि १५ वर्षका बालबालिकाले बालयौन दुरुपयोग जस्ता घटानामा परेका छन् । घटना घटाउने व्यक्ति आफ्नै बुबा, शिक्षक वा सामाजिक अभियन्ता समेत संलग्न रहेको पाइएको हो ।
तर, विगतका बालयौन दुरुपयोगका घटना केलाउदा दुई वर्ष यता घट्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०८१।०८२ चालु अवधीसम्ममा बालयौन दुरुपयोगका १८ घटना जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएको हो । जसमध्ये १६ मुद्दा फर्यौट भएका छन् भने २ बाँकी छन् । यी मुद्दामा संलग्न १४ मानिस पक्राउ परेका छन् । जसमा एक महिलासमेत संलग्न रहेकी छन् ।
यस्तै हाडनाता करणीको समेत एक मुद्दा दर्ता भएको छ । १५ वर्षीय बालिकालाई आफ्नै बाबुबाट जर्बरजस्ती करणीबाट पीडित बनेको घटना समेत २०८०।०८१ मा दर्ता भएको थियो । बालिकाको अनुसार उनको बुबाले मध्य रातमा परिवारका सबै सदस्य सुतीरहेको अवस्थामा करणी गरेका थिए । बालिकाले विगत दुई वर्षदेखि आफ्नै बुबाबाट यौन शोषणको शिकार भईरहेकी थिइन् । उनको बुबाले यो कुरा कसैलाई सुनाई भने मारीदिन्छु भन्दै धम्कि दिदै यौन सम्पर्क गर्ने गरेका थिए । बालिकाले पनि लामो समयसम्म बुबाको डरले कसैलाई घटनाबारे बताउन सकिनन् ।
घरमा अति पीडा भएपछि उनी साथीको घरमा गएकी थिइन् । त्यहाँ साथीलाई सुनाउन मन भएपनि आँट आएन । तर, साथीको आफ्नी आमा लिन पुगेपछि उनले घर फर्कने क्रममा घटना सुनाएकी थिइन् । आमालाई घटनाबारे बताएपछि प्रहरीमा उजुरी दिइएको थियो ।
यसैगरी आर्थिक वर्ष २०८०।०८१ मा पनी बालयौन दुरुपयोगका १८ घटना दर्ता भएका छन् । यी सबै घटना फर्यौट भईसकेका छन् । यी घटनामा संलग्न १८ जना व्यक्ति पक्राउ परेका छन् । यसै गरी आर्थिक वर्ष २०७९।०८० मा बालयौन दुरुपयोग सम्वन्धिका ३२ घटना दर्ता भएको तथ्यांक प्रहरीमा छ ।