-एन्जेलिना न्यौपाने "स्मृति "
एक्लो हुँदा चाहिने
सहयात्री जस्तै
या भीडमा मन्तव्य दिँदा
हुने आत्मवल जस्तै
दुःखी हुँदा संगै रुने
खुशी हुँदा संगै हाँस्ने
यही हो मित्रता
जीवनमा रंगीविरंगी रंग भर्ने ।
फूले झै काँडाका बीचमा
गुलाफ हो मित्रता
हाँसे झै ताराका वीचमा
चन्द्रमा मुसुक्क हो मित्रता
नक्कली र झुठो संसारमा
सधैँ साथ रहने
संस्कार र परिवार हो मित्रता।
पवित्र बन्धन पनि हो मित्रता
पीडाको औषधी पनि
दुःखको सहरा हो मित्रता
खुशीको संसार पनि
अन्जानमै बन्छ गहिरो सम्बन्ध
पवित्र मन र भावनाको
छुट्दैन कहिले हात र साथ
प्रगति, उन्नति , हाँसो, खुशी र अपनत्वको
यही नै होला परिभाषा मित्रताको।