जिन्दगी र यात्रा

<span class='c1'>जिन्दगी र</span> <span class='c2'>यात्रा</span>

-शुद्ध लक्ष्मी श्रेष्ठ
न रोगले छेक्ने
न शोकले रोक्ने
मनभरी पीडा बोकेर
तन भरी ब्यथाको
भारी उचालेर
लम्कनै पर्ने जीवन यात्रामा ।

आकाश खस्छु भनेपनि
पहाड भत्कन्छु भनेपनि
नदी रोकिन्छु भनेपनी
आफ्ना कथा आफ्ना ब्यथा
आफै बोकेर
हिंड्नै पर्ने जीवन यात्रामा ।

ग्रह गति लागेपनि
भूकम्प ज्वालामूखी आएपनि
आगो चिसो
पानी तातो भए पनि
जसो तसो हिंड्नै पर्ने
जीवनको अविरल यात्रामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्