भारतले पाकिस्तानसँग सीमा समारोह पुनः सुरु गर्ने

<span class='c1'>भारतले पाकिस्तानसँग सीमा समारोह</span> <span class='c2'>पुनः सुरु गर्ने</span>

अमृतसर (भारत) । भारतले मङ्गलबार छिमेकी पाकिस्तानसँग दैनिक सीमा समारोह पुनः सुरु गर्ने बताएको छ । भारतले केही हप्ताअघि आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच दशकौँदेखिको सबैभन्दा गम्भीर सङ्घर्षपछि छोटो समयका लागि उक्त समारोह रोकेको थियो ।

भारत प्रशासित काश्मीरमा अप्रिल २२ मा पर्यटकहरूमाथि भएको आक्रमणबाट सुरु भएको लडाइँमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो । पर्यटकहरूमाथि भएको आक्रमणलाई नयाँदिल्लीले इस्लामाबादले समर्थन गरेको आरोप लगाएको थियो । पाकिस्तानले उक्त आरोपलाई अस्वीकार गरेको थियो।

भारतको सीमा सुरक्षा बलले मङ्गलबार मिडियाका लागि र बुधबार उत्तरी राज्य पञ्जाबको अटारी–वाघा भूमि सीमामा आम जनताका लागि सूर्यास्त समारोह खुला हुने बताएको छ । पाकिस्तानले आफूले कहिल्यै समारोह नरोकेको र आफ्ना सैनिकहरू सीमाको आफ्नो तर्फ एक्लै मार्च गरिरहेको बताएको छ । यद्यपि यो समारोह भूमि सीमा बन्द गर्नेसहित पाकिस्तानविरुद्ध अझै पनि कूटनीतिक उपायहरू सहित एक कम प्रचारपूर्ण हुने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि अटारी–वाघा सीमामा हुने समारोह लोकप्रिय पर्यटकीय आकर्षण बनेको छ । दुवै तर्फका अवलोकनकर्ताहरू हाँस–पाइला चाल्दै छाती फुलाउने नाटकीय प्रदर्शनमा सैनिकहरूलाई प्रोत्साहन दिन आउँछन् । यो सीमा सन् १९४७ मा ब्रिटिस शासनको हिंसात्मक अन्त्यमा औपनिवेशिक सिर्जना थियो जसले उपमहाद्वीपलाई हिन्दू–बहुल भारत र मुस्लिम–बहुल पाकिस्तानमा विभाजित गरेको थियो । दैनिक सीमा अनुष्ठान धेरै हदसम्म दशकौँदेखि कायम छ तथा असङ्ख्य कूटनीतिक उथलपुथल र सैन्य झडपहरूबाट बच्दै आएको छ । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्