विराटनगर । विराटनगरका स्थानीय युवाहरूको सहकार्यमा निर्माण भएको 'आजाद पंछी' म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ।
विराटनगरको मुनालपथस्थित एमटिजे पबमा आयोजित एक विशेष कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक भएको हो।
उक्त कार्यक्रममा मृत्युञ्जय नेपाल, द अनन्तम र बिकल्प व्याण्डले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए। यी कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। 'आजाद पंछी' म्युजिक भिडियोमा लोचन राज दाहाल र अरोज क्षेत्रीले गीत लेखेका छन्। अरोज क्षेत्रीकै स्वरमा गाइएको यस गीतमा साहिल कटवाल र सुराज थान्डारले गिटार, गौरव राज बानाले बेस र रेवोस बिष्टले ड्रम बजाएका छन्।
गीतको संगीत निर्देशन सुदीप तामाङले लुनार स्टुडियोमा गरेका छन् भने म्युजिक भिडियो निर्माण भिनस फिल्म्सले गरेको छ। आनन्द चौधरीले यस प्रोजेक्टको व्यवस्थापन र स्क्रिनको जिम्मेवारी सम्हालेका छन्।
यो म्युजिक भिडियोले स्थानीय प्रतिभाहरूको सहकार्यमा गुणस्तरीय सांगीतिक कृति सिर्जना गर्न सकिने देखाएको छ। विराटनगरका युवाहरूको यस्तो सृजनशील प्रयासले स्थानीय कला र संस्कृतिको विकासमा योगदान पुर्याएको छ। साथै उक्त म्युजिक भिडीयोको मिडिया पाटनर आवर विराटनगर रहेको थियो।
भिडियो हेर्नुहोस् :