दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान सुरु

<span class='c1'>दक्षिण कोरियामा राष्ट्रपति चयनका</span> <span class='c2'>लागि मतदान सुरु</span>

सियोल । पूर्व दक्षिण कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ ।

महिनौँको आन्दोलन पछि दक्षिण कोरियाली जनता नयाँ राष्टपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ ।

राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहनु भएको छ ।

बिहान ६ः०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ८ः०० बजे सम्म चल्ने र मतदाताको सहभागिता उच्च हुने अपेक्षा गरिएको छ ।

कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

सियोलको राष्ट्रिय निर्वाचन आयोगले दिउँसो सम्म ६२.१ प्रतिशत योग्य मतदाताहरूले मतदान गरि सक्ने जनाएको छ । जुन अघिल्लो चुनावको भन्दा बढी हो।
महिनौँको आन्दोलन पछि सञ्चालन हुन लागेको चुनावको दिन कुनै अभियानलाई अनुमति दिइएको छैन । नेता युन र उहाँकी पत्नी किम केओन हीले निवास नजिकैको मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ । दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षको कार्यकाल हुन्छ । भने नियमित राष्ट्रपति चुनावको साथ, संक्रमणकालीन अवधि हुन्छ ।

प्रारम्भिक चुनावमा राष्ट्रिय निर्वाचन आयोगले मत गणनाको अनुमोदन गरेपछि विजेता राष्ट्रपति बन्छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्