-लक्ष्मी बस्नेत
माता सरस्वती
पर्छु शरणमा
देउ आशिर्वाद
ढोग्छु तिम्रो चरणमा
शुद्ध होस् बोली
खुलोस ज्ञानको ढोका
फैलियोस कृति र यश
दिनुहोस् आमा शुभ आशीर्वाद
आमा सरस्वती नमो नम
सफल हुन काम गरेका
लेख्न सकू कृति
राम्रा राम्रा सिर्जनाका
नहोस् कसैलाई पीडा र दु:ख
सबै संग बनोस् सम्बन्ध
सुमधुर
हे आमा सरस्वती गर्छु तिमीलाई
शिर निहुराई नमो नम
खराब मति नआओस् कोहि कसैलाई
आमा सफलताको आशिर्वाद
दिनुहोस् हामी सबैलाई ।