-वसुन्धरा चौहान "सुनिता "
मुक्तक १
व्यबहारिक पक्ष्य हेर्नु र परिवार घर सम्हाल्नु
कालो गए गोरो आउँछ्न् भन्ने उत्तर सम्हाल्नु
बहस मनमुटाव हुँदैमा सम्बन्ध सिध्याउने किन ,
खुट्टा छ्न् भन्दैमा जुत्ता छान्ने रहर सम्हाल्नु।
मुक्तक २
जोडिएपछि नाता छुट्ने सम्भावना हुँदै नहोस्
एकै सजाउनु दिलमा हजार जना हुँदै नहोस्
मुश्कान देख्न पाँउ ओठमा सधै भन्छौ भन्न त,
भोलि आँसु देख्ने तिम्रो चाहना हुँदै नहोस्।
मुक्तक ३
किनेका के के छ्न उपहार छिटो पठाउनु
देख्न सुन्न भएको छ हतार छिटो पठाउनु
तिम्रो खबर नपाउदा अतालिदैछ यो मन,
सन्चो बिसन्चोको समाचार छिटो पठाउनु।
मुक्तक ४
सय हजार तिमीमा समर्पित गजल लेखीदिन्छु
मुक्तक कविता मात्र हैन गित गजल लेखिदिन्छु
यहाँ एकको हारमा नै अर्काको जित हुदोरहेछ ,
सधैँ तिम्रो झल्किने गरि जित गजल लेखिदिन्छु।
गौरादह- २ ,झापा