-माला बस्नेत
मायाको अर्थ
बल्ल बुझ्न थालेकी छु
माया नगरु भन्दा भन्दै पनि
माया गर्न थालेकी छु
स्वार्थले देखाएको स्वर्ग
माया होइन रहेछ
बल्ल पो बुझ्दैछु
खुशी र सुखी भएको बेला
सुम्सुमाएको
होइन रहेछ मायाले
माया त आँखामा आँसु
देख्नेले पो हो रहेछ गर्ने
मायामा त्याग हुन्छ भन्थे
साच्चै प्रेरणा पाउदैछु अहिले
माया मात्र भनेको त
संसार जित्ने रहेछ हतियार
बल्ल बुझ्दैछु अहिले आएर
माया भ।नेको त
होइन रहेछ देखिने
पर्दो रहेछ बुझ्न
माया भनेको त
स्वर्ग लग्छु भनेर
लगाउदै गफ
भुलाएर नर्क लाने
होएन रहेछ माया
माया त मुटु छाम्दा
भेटिनु पर्दो रहेछ
आँसु झार्दा
हत्केलामा थापिनु पर्दो रहेछ
अघाएको बेला कफि र पिजा
होइन रहेछ माया
माया त भोको पेटमा
एक टुक्रा टोकेर
आर्को टुक्रा खुवाउने पो
रहेछ
माया भनेको त
बल र बैँस लुटेने लुटेरा होइन रहेछ
दुब्लाएर पिडाले मर्न लागेको बेला
बांच्न सिकाउने पो
रहेछ माया
हो माया !म आज भोलि
माया गर्न थालेकी छु
तिमी संग संगत भएदेखि
निस्वार्थ माया के हो
बुझ्न थालेकी छु
त्यसैले त ,
तिमीलाई थाहा नै नदिई
हृदयदेखि माया
तिमीलाई नै गर्न थालेकी छु
तिमीसंग संगत भएदेखि
हो माया मैले साच्चिकै
मायाको अर्थ बुझ्न
थालेकी छु।