-श्याम प्रसाद श्रेष्ठ
-“अलक बमबम !”
-“यस्तो तन्दुरुस्त मान्छेले पनि माग्छ?”
- “मागेर नै तन्दुरुस्त भएको छु !”
-“ तिम्रो त माटो छोए सुन,झार छोए सञ्जीवनी, पानी छोए उर्जा हुने जस्ता अनेकन अलौकिक कुराहरु छन। तिनीहरु किन छुँदैनौ?”
-“ समृध्द हुन्छ भनेर!”
-“ आफ्नो सन्तान समृध्द भएको हेर्न नचाहने ,तिमी कस्तो अभिभावक ?”
-“हो ,म चाहन्न!”
-“किन?”
-“ ती सबैलाई बन्जरको रुपमा रुपान्तरण गरि तिनीहरुलाई बाहिर काम गर्न पठाउन चाहन्छु।”
- “के तिमी आफ्नो दक्ष युवा सन्तानलाइ बाहिर काम गर्न पठाउन चाहन्छौ ?”
-“हो,यसमा कुनै शंका छैन।”
-“किन?”
-“यस घरलाई युवाबिहिन बनाएर बिना अबरोध एकाधिपत्य राज गर्नचाहन्छु।”