चलचित्र ‘महाभोज’ ले विराटनगरसहित ४ वटा शहरहरुमा ग्राण्ड प्रिमियर शो गर्ने

<span class='c1'>चलचित्र ‘महाभोज’ ले विराटनगरसहित ४ वटा</span> <span class='c2'>शहरहरुमा ग्राण्ड प्रिमियर शो गर्ने</span>

विराटनगर । आगामी जेठ ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'महाभोज'ले प्रदर्शन अगावै विराटनगरसहित ४ वटा शहरहरुमा ग्राण्ड प्रिमियर शो गर्ने भएको छ।

पहिलो प्रीमियर शो आज(सोमबार) पोखरास्थित क्फ्क्स ट्रेड मलमा बेलुका ६ बजे सुरु हुने भएको हो।

फ्रेण्ड्स सिनेमाज बुटवलमा जेठ २७ गते मंगलबार बेलुका ६ बजे, सेन्ट्रल मल विराटनगरमा जेठ २९ गते बिहीबार दिउसो १ बजे र धरान स्थित फ्रेण्ड्स सिनेमाजमा पनी सोहि दिन जेठ २९ गते बिहीबार बेलुका ६:३० बजे ग्राण्ड रेडकार्पेट प्रिमियर हुने बितरक कम्पनी कुबेर सिने डिस्ट्रीव्युटर्सका पुस्कर घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार पोखरा प्रिमियरका लागि कलाकारसहित निर्माण टिम पोखरा पुगिसकेको छ भने हरेक ठाउको प्रिमियरमा कलाकारहरुको उपस्थित रहने छ।

निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, 'महाभोज' मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको 'महाभोज' सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ। चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ ।

पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा रहेको छ। साथमा, यस चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी चलचित्रलाई मनोरञ्जक समेत बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्