इन्दु साह
विराटनगर । कुटपिट गरी श्रीमतीको अनुहारको सबै हड्डि भाचिदिने कुसेश्वर यादव प्रहरी हिरासतमा छन् । ४१ वर्षीय यादवले श्रीमतीलाई अंगभंग हुने गरी कुटपिट गरेको आरोप छ ।
जेठ ४ गते श्रीमती अस्पताल विराटनगर स्थित कोशी अस्पताल भर्ना भएकी हुन् । अस्पतालमा आएका हिंसा पीडितलाई ओसीएमसीले स्वाथ्य उपचार देखि कानुनी सहायता गर्ने गरेको छ । ओसीएमसीलेनै पीडित महिलाकोअवस्था देखनासाथ सुनसरी प्रहरीलाई खबर गरी उनको श्रीमानलाई पक्राउ गराएको हो । सुनसरीका सुचना अधिकारी तथा डिएसपी योगराज खतिवडाका अनुसार यादवलाई ५ गते पक्राउ गरिएको हो । हाल उनलाई ज्यान मार्न उद्योगमा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाईको डिएसपि खतिवडाको भनाई छ । उनलाई पक्राउ गरेको २५ दिन भित्र अदालतमा पेश गरिने छ ।
उनलाई प्रहरीले शोधपुछ गर्दा नसाको हालतमा कुटपिट गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उनीहरु बिच पहिले पनि झगडा भईरहने गरेको थियो । उनको दुई छोराहरु छन् । यादवकी श्रीमती ३० वर्षकी छिन् । उनले आफैले कमाएर दुई छोरा पाल्दै आएकी थिइन् । उनको आर्थिक स्थितिका कारण यादवका १० वर्षिय छोराले समेत विद्यालय जान छाडेका छन् । पीडित महिलाको स्वाथ्यमा सुधार भईरहेको छ । तर पनि उनको स्वाथ्यमा पुर्ण रुपले सुधार हुन लामो समय लाग्न सक्छ । ओसीएमसीको अनुसार उनको स्वाथ्यमा पूर्णसुधार नआएसम्म घरपठाउन नसकिने बताएका छन् । पीडित महिलाको आमा, बुवा तथा सासु, ससुरा नभएकोले उनको रेखदेख गर्ने व्यक्ति नहुदा उनलाई ओसीएमसीले सहायता गरीरहेको छ । यसैगरी घरेलुहिंसाको सिकार भएका धेरै महिलाहरु अस्पताल भर्ना हुने गरेको कोशी अस्पताल ओसिएमसीमा कार्यरत अनिता राउतका बताउछीन् ।