विराटनगरमा बैंकमा राख्न लैजादै गरेको रकम लुटपाट गर्ने दुईजना पक्राउ

<span class='c1'>विराटनगरमा बैंकमा राख्न लैजादै गरेको</span> <span class='c2'>रकम लुटपाट गर्ने दुईजना पक्राउ</span>

विराटनगर । बैंकमा बचत गर्न लैजादै गरेको अवस्थामा ३ लाख ६७ हजार रकम लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी भन्दै उनीहरुले विराटनगर–१५ का बिक्रमकुमार साह तेलीबाट रकम लुटपाट गरेका थिए ।

लुटपाट गर्ने २४ वर्षीय समिर हुसेन र २७ वर्षीय आशिक अन्सारीलाई प्रहरीले आइतबार विराटनगर १७ बाट पक्राउ गरेको हो । प्रहरीले बैंकमा राख्न लगेको भनिएको रकम समेत हुण्डिमार्फत ल्याउँदै गरेको स्थानीयको भनाई छ ।

मोरङका प्रवक्ता कोपिला चुडालका अनुसार प्रहरी हुँ भन्दै लुटपाट गर्ने उनीहरु विरुद्ध जाहेरी लिने र कानुनी अनुसन्धानको प्रक्रियामा जाने तयारी भइरहेको छ । प्रहरीले विस्तृत जानकारी सोमबार सार्वजानिक गर्ने तयारी समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्