लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु

<span class='c1'>लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो</span> <span class='c2'>जोटाको कार दुर्घटनामा मृत्यु</span>

काठमाडौं । लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । जोटा र उनका दाजु आन्द्रे सिल्भा सवार ल्याम्बोर्गिनी कार स्पेनको जामोरा प्रान्तमा दुर्घटनाग्रस्त हुँदा उनको मृत्यु भएको हो ।

प्रि–सिजन प्रशिक्षणका लागि जोटा लिभरपुल फर्कँदै थिए । यसअघि जोटाको एउटा सानो शल्यक्रिया गराएका कारण डाक्टरको सल्लाहमा हवाई यात्रा नगरी कारमार्फत यात्रा गरिरहेका थिए ।

जोटाले दुर्घटनाको ११ दिनअघि मात्रै आफ्नी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् ।
लिभरपुल क्लबले जोटाको मृत्युलाई क्लबको सीमाभन्दा परको एक त्रासदी भनेको छ । समर्थकहरूले एन्फिल्ड रंगशालाबाहिर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्