विराटनगर, साउन ८ ,
विराटनगरका लोकप्रिय गायक रिताज वस्तीको नयाँ गीत "अनुत्तरित" सार्वजनिक भएको छ। आफ्नै स्वर र संगीत रहेको यस गीतलाई पमित अधिकारीले लेखेका हुन्। गीतको एरेञ्जमेन्ट सुरज श्रेष्ठले गरेका छन् भने लुमन स्थापितले संगीत संयोजनमा साथ दिएका छन्।
गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ, जुन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। भिडियोलाई उमंग साहीले खिचेका छन् र मन्दिप गौतमले निर्देशन गरेका छन्।
भिडियोमा सगर खनाल र प्रितिका शर्माले अभिनय प्रस्तुत गरेका छन्।