भारतद्वारा जीएसटीको दरमा कटौती : नेपालमा तस्करी बढ्ने चिन्ता

<span class='c1'>भारतद्वारा जीएसटीको दरमा कटौती :</span> <span class='c2'>नेपालमा तस्करी बढ्ने चिन्ता</span>

काठमाडौं । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा ठुलो मात्रामा कटौती गरेसँगै नेपालमा तस्करी बढ्ने सक्ने भन्दै उद्योगी व्यवसायीमा चिन्ता बढेको छ ।

भारत सरकारले सिमेन्ट र स्टिलमा लगाउँदै आएको जीएसटी कर २८ प्रतिशत बाट १८ प्रतिशतमा झारेको छ । यसले भारतीय बजारमा सिमेन्ट र स्टिलको मूल्य घट्ने र त्यसले नेपाली बजारमा तस्करी बढ्नसक्ने साथै नेपाली उत्पादन विक्री नहुने खतरा बढेको भन्दै उद्योगीहरुमा तनाब बढाएको हो ।‘नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले भारत सरकारले एकैपटक १० प्रतिशत जीएसटी घटाउनुले नेपाली उद्योगमा ठुलो असर पर्ने बताए । भारतमा अब सिमेन्ट, डन्डी, लगायत धेरै बस्तुहरुको मूल्य घट्ने भएको छ,’ उनले भने । ‘भारतसँग हाम्रो खुला सिमाना छ, त्यसकारण भारतमा भारतबाट चोरी निकासी र तस्करी बढ्न सक्ने देखिन्छ । यसले नेपाली उद्योगहरुले उत्पादन गरेका बस्तु विक्री नहुने र उद्योगीहरु घाटामा जान सक्ने खतरा देखिएको छ ।’
भारत सरकारले घरेलु खर्च बढाउन र भारतीय सामानहरूमा लगाइएको अमेरिकी करको आर्थिक प्रहारलाई कम गर्न खोजेको छ ।

भारतले हालको ५, १२, १८ र २८ प्रतिशत करलाई ५ प्रतिशत र १८ प्रतिशतको दुई–दर संरचनामा घटाएको छ । यद्यपि, उच्च–अन्तका कार, सुर्ती र चुरोट जस्ता केही चुनिएका वस्तुहरूको लागि विशेष ४० प्रतिशत कर प्रस्ताव गरिएको छ ।पान मसला, गुट्खा, चुरोट, जर्दा, सुर्ती र बिडी जस्ता चपाउने सुर्तीजन्य उत्पादनहरू बाहेक सबै उत्पादनहरूको लागि नयाँ दरहरू सेप्टेम्बर २२ देखि लागू हुनेछन् ।यस्तै भारतले विभिन्न प्रकारका खाद्य बस्तुहरुमा समेत कर घटाएको अवस्था छ । सबै प्रकारका चपाती र पराठामा हालको ५ प्रतिशतको दरबाट शून्य कर लगाउने घोषणा भारत सरकारको छ । यस्तै दूध, पनीर, पिज्जा ब्रेडमा पनि कर दर ५ प्रतिशतबाट घटाएर शून्य गरिएको छ ।बटर र घिउदेखि सुक्खा बदाम, कन्डेन्स्ड मिल्क, ससेज र मासु, मिठाई, जाम र फलफूल, नरिवलको पानी, नमकीन, २० लिटरको बोतलमा प्याक गरिएको पिउने पानी, फलफूलको पल्प वा फलफूलको रस, दूध, आइसक्रिम, पेस्ट्री र बिस्कुट, मकैको फ्लेक्स र अन्न, र चिनी मिठाई भएको पेय पदार्थ, कर दरमा हालको १८ प्रतिशतबाट ५ प्रतिशत कटौती गरिएको छ ।

बोसो र चीजमा पनि जीएसटी १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ । बिरुवामा आधारित दुग्ध पेय पदार्थको जीएसटी दर पहिले १८ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ भने दूध पेय पदार्थको दर पनि १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्